Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटको १३ औं नगर सभा सम्पन्न, नगर र वडाको प्रशासनीक केन्द्र तोकियो 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको १३ औं नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । बुधबार भएको सभाले विभिन्न कार्यविधि पास र बजेट रकमान्तर गर्नुका साथै नगर तथा सबै वडा कार्यालयको प्रशासनीक केन्द्रहरु तोकेको छ । नगर प्रमुख रवि केसीका अनुसार सभाले विभिन्न ६ वटा कार्यविधिहरु पास गरेको छ । 

त्यस्तै नगर र वडाको विभिन्न शिर्षकको बजेट रकमान्तर गरिएको नगर प्रमुख केसीले बताउनुभयो । यसका साथै यसअघि साविकको गाविस भवन रहेका स्थानमा तोकिएका वडा र नगरपालिकाको प्रशासनीक केन्द्रलाई नगरसभाले पुनः कायम गरेको छ । जसअनुसार केही वडाको प्रशासनीक केन्द्र परिवर्तन भएका छन् । 

नगरसभाले नगरपालिकाको प्रशासनीक केन्द्र वडा नम्बर ९ को राडीलाई तोकेको छ । यसअघि नगरको प्रशासनीक केन्द्र वडा नम्बर ९ भनिएकामा १३ औं नगर सभाले वडा नम्बर ९ को राडीलाई प्रशासनीक केन्द्र तोकेको हो । वडा नम्बर १ को खेत, २ को साजेवगर, ३ को खदी, ४ को कोट, ५ को काथिना र वडा नम्बर ६ को प्रशासनीक केन्द्र मुलबजारलाई तोकिएको छ । 

त्यस्तै वडा नम्बर ७ को केन्द्र दाँजे, ८ को चुर्तिपाखा, ९ को राडी बगर नसरी, १० को भयाउने, ११ को धुर्सेनी, १२ को चोरमारे, १३ को गाउँ र वडा नम्बर १४ को प्रशासनीक केन्द्र बाँके ज्यामिरकोटलाई तोकिएको नगर प्रमुख केसीको भनाई छ । उहाँका अनुसार वडा नम्बर ५, वडा नम्बर ७, वडा नम्बर ९ र वडा नम्बर १३ को प्रशासनीक केन्द्र परिवर्तन भएको हो । 

नगर प्रमुख रवि केसीको अध्यक्षतामा भएको नगर सभामा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update