Kakhara सबैको खबर सम्पूर्ण खबर
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
विजेता टिम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ को साँखमा आयोजित पुरुष भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जितेको छ । पापिनी मेलाका अवसरमा आयोजित प्रतियोगिताको आज भएको फाइनलमा सानीभेरी गाउँपालिकालाई पराजित गर्दै भलिबल प्रशिक्षण केन्द्रले उपाधि जितेको हो । 

भलिबल प्रशिक्षण केन्द्रले फाइनल खेल ३–१ ले जित्यो । उसले नगद १ लाख ५ हजार, कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । उप–विजेता बनेको सानीभेरी गाउँपालिकाले ६० हजार, कप, मेडल र प्रमाण–पत्रमा चित्त बुझाएको छ । त्यस्तै प्रतियोगितामा रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ तृतिय भएको छ । 

उसले नगद ३० हजार, कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको आयोजक ठूली दह युवा क्लवका अध्यक्ष दिपेन्द्र बुढामगरले जानकारी दिनुभयो । प्रतियोगिताका विभिन्न ठाउँका १४ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको आज एक कार्यक्रमका विच समापन समेत गरिएको छ । स्थान प्राप्त गर्ने टिम तथा खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रतियोगिताको समापन गरिएको हो । 

समापन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै वडा अध्यक्ष एक्कबहादुर पाण्डे सहित स्थानीयको सहभागिता रहेको थियो । प्रतियोगिता समापन कार्यक्रममा पापिनी नाच समेत देखाइएको थियो । साँखमा हरेक वर्षको माघ १४ गतेदेखि पापिनी मेला लाग्ने गर्दछ । जसक्रममा परम्परागत पापिनी विवाह समेत हुने गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update