रुकुम पूर्वको सिस्ने गाउँपालिकाले मावि स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड गर्ने भएको छ । आगामी चत्रै १२ देखि १४ गते सम्म शिल्ड गर्ने निर्णय भएको हो । बुधबार बसेको गाउँपालिका स्तरीय खेलकुद निर्देशक समितिको बैठकले ३ नम्बर वडाको जनता माध्यामिक विद्यालयमा रनिङ गराने निर्णय गरेको हो ।
शिल्डमा निश्चित खेलकुद प्रतियोगिता सञ्चालन हुने भएकाले त्यसको तयारीमा जुट्न गाउँपालिकाले सबै विद्यालयलाई आग्रह गरेको छ । शिल्डमा छात्र/छात्रा भलिबल, कबड्डि रिले र ट्रयाक दौड प्रतियोगिता हुनेछन् । ट्रयाक दौडतर्फ १ सय, २ सय, ४ सय ८ सय १५ सय र ३ हजार मिटर दौड हुने छ भने रिलेतर्फ १ सय र ४ सय मिटर दौड प्रतियोगिता हुने शिक्षा, युवा तथा खेलकुद प्रमुख मंगलसिङ बुढाले जानकारी दिनुभयो ।
उफ्रने, फ्याक्ने र फिल्डतर्फ हाइजम्प, लङजम्प, त्रिपुलजम्प हुने छ । ज्याब्लिङ थ्रो, ८ र १२ पाउण्डको सटफुट प्रतियोगिता पनि सञ्चालन गरिने छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को चौथो संशोधन २०७६ अनुसार खेल खेलाइने बुढाले बताउनुभयो । यसको व्यवस्थापन भने जनता माध्यामिक विद्यालय पोखराले गर्ने छ ।