Kakhara सबैको खबर सम्पूर्ण खबर
सिम्रुतु क्याम्पसमा स्नातकोत्तर तहको पढाई सुरु 
सिम्रुतु क्याम्पस ।

रुकुम पश्चिमको त्रिवेणी गाउंपालिका वडा नम्बर २ सिम्रुतुमा रहेको सिम्रुतु क्याम्पसमा स्नातकोत्तर (एम.एड)को पढाई सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका विच कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले स्नातकोत्तर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । अव सिम्रुतु क्याम्पसमा स्नातकोत्तर तहको पढाई हुने छ । अव क्याम्पसमा स्नातकोत्तर तहमा नेपाली शिक्षा र शैक्षिक योजना तथा व्यवस्थापन शिक्षाको पढाई हुने क्याम्पसले जनाएको छ । क्याम्पसले स्नातकोत्तरको भर्ना समेत लिएको छ । अव फागुन १० गतेबाट कक्षा संचालन हुने बताइएको छ ।

स्नातकोत्तर कार्यक्रम तथा क्याम्पसको चौंथो साधारण सभाको शुक्रबार संयुक्त रुपमा उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले श्रम बजारमा खपत हुने व्यवहारिक शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन मा सिमु्रतु क्याम्पसले ध्यान दिनुपर्ने बताउनुभयो । रुकुम पस्चिममा संचालित क्याम्पसहरु मध्य उल्लेख्य बिध्यार्थी संख्या रहेकोले यसको निरन्तरता, संरक्षण, विकास र गुणस्तरियता कायम राख्न क्याम्पसका प्राध्यापक र संचालक समितिलाई सांसद केसीले आग्रह गर्नुभयो । विद्यार्थीहरुले प्रमान–पत्र प्राप्त गर्न र क्याम्पसले प्रमान–पत्र बिक्री गर्नको लागि मात्र क्याम्पस संचालन गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाले बताउनुभयो । 

त्रिभुवन विश्व विध्यालयबाट २०६९ सालमा सम्बन्धन प्राप्त गरेको सिम्रुतु क्याम्पसमा यसअघि बि.एड तर्फ विभिन्न विषयको पठनपाठन भई रहेको थियो । अहिले  क्याम्पसमा बि.एड प्रथम, द्धितिय, तृतिय र चतुर्थ वर्षका गरी ३ सय २८ छात्र र ५ सय ३१ छात्रा गरी जम्मा ९ सय ५९ जनाले अध्ययन गरिरहेको क्याम्पस प्रमुख सुर्यविक्रम खड्काले पेस गरेको प्रतिवेदन उल्लेख गरिएको छ । 

उहाँका अनुसार क्याम्पसको करिब २३ सय वर्गमिटर क्षेत्रफलमा २ वटा पक्की भवन रहेका छ्न । जसमध्ये १२ कोठे भवनको निर्माण कार्य चलिरहेको छ । आर्थिक अभावका विच पनि उत्कृष्टता हाँसिल गर्दै गएको क्याम्पसमा शैक्षणिक सामाग्रीहरुको भने अभाव रहेको उल्लेख गरिएको छ । 

आर्थिक बर्ष २०७८÷०७९ मा २ करोड ७७ लाख ६५ हजार ५ सय १२ रुपैयाँ आम्दानी रहेको क्याम्पसमा १ करोड ३३ लाख ७० हजार ३ सय ९८ रुपैयाँ खर्च भएको छ । भने  बैंक मौज्दात १ करोड ४३ लाख ९५ हजार १ सय १३ रुपैयाँ रहेको आर्थिक साधारण सभामा पेश गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । शुक्रबार उदघाटन भएको साधारण सभाको बन्द सत्रले आज क्याम्पसको नयाँ संचालक समिति चयन गर्ने बताइएको छ । 

क्याम्पस संचालक समितिका अध्यक्ष टेकबहादुर ओलीको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, उपाध्यक्ष राजकुमारी रेउले, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य झक्कुप्रसाद घर्ति र निर्मला बिष्ट खड्का, जिल्ला समन्वय समिति सदस्य गीता नेपाली, प्रमुख प्रसासकीय अधिकृत प्रेमबहादुर घर्ति, राष्ट्रिय भूमि आयोग रुकुम पस्चिमका अध्यक्ष मिनबहादुर ओली लगायतको आतिथ्यता रहेको थियो । 

क्याम्पस संन्चालक समितिका वरिष्ठ सदस्य मोहनकिशोर ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन क्याम्पसका उप–प्राध्यापक चन्द्रा ओलीले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update