Kakhara सबैको खबर सम्पूर्ण खबर
एकीकृत अखिल नेपाल शिक्षक संगठन रुकुम पश्चिमको अध्यक्षमा केसी 
अध्यक्ष केसी ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन रुकुम पश्चिमको नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार मुसिकोटमा सम्पन्न संगठनको १२ औं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो । सम्मेलनबाट शेरबहादुर केसीको अध्यक्षतामा ४ सदस्य पछि थप्ने गरी २७ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । 

अध्यक्ष केसी जिल्लाको चौरजहारी नगरपालिकामा रहेको शितल माविमा कार्यरत हुनुहुन्छ । नयाँ समितिको उपाध्यक्षमा पुर्भान बिक, सचिवमा चन्द्रबहादुर खड्का र कोषाध्यक्ष रतिभान बिक चयन हुनुभएको छ । संगठनको सदस्यहरुमा सुनिल बुढा, खडक रोका, कृष्णप्रसाद जैसी, खम्बबहादुर खड्का, बिष्णु पुन र घनश्याम बिक रहनुभएको छ । 

त्यस्तै चन्द्रबहादुर खड्का, तुलबहादुर यरी, चुमानसिंह बोहरा, पबित्रा ओली पुन, देबबहादुर केसी, हरिप्रसाद धिताल, महेन्द्र केसी, शसीराम दाहाल, सुशीला शर्मा, हुकुमबहादुर बिसी, सिर्जना पुन, चक्रबहादुर भण्डारी, झलक पुन पनि सदस्यमा चयन हुनुभएको छ । सम्मेलन निवर्तमान जिल्ला अध्यक्ष शसीराम बिकको अध्यक्षतामा भएको हो । 

सम्मेलनमा संगठनका केन्द्रीय सदस्य गणेशप्रसाद रिजालको प्रमुख, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा ‘अनल’ र नेकपा माओवादी केन्द्रका रुकुम पश्चिम जिल्ला संयोजक गोबिन्द रोका ‘सचिन’को विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै सम्मेलनमा संगठनका प्रदेश महासचिव शेरविर दाहाल, प्रदेश सदस्यहरु गणेश रेग्मी, दिलबहादुर ओली, हिमसिंह नेपाली, कृष्णबहादुर खड्का लगायतको पनि उपस्थिति रहेको थियो । नव निर्वाचित अध्यक्ष केसीले समग्र रुकुम जिल्लाको शैक्षिक परिवर्तन, शिक्षकहरुको पेशागत हकहित र आफ्नो संगठनको उच्च गतिशीलताका निम्ति इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा आफुलाई अध्यक्षको जिम्मेवारी दिएकोप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

329120770_891385618802996_352612757232259836_n1675510401.jpg
नव निर्वाचित पदाधिकारी तथा सदस्यहरू ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update