Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्ले–गिलवाङ सडक खण्ड बन्द 
सल्ले-गिलवाङ सडक खण्ड ।

रुकुम पश्चिमको मुसिकोट सल्ले–गिलवाङ सडक खण्ड आजबाट बन्द भएको छ । वडा नम्बर १ को भेरीमा निर्माण भइरहेको वसपार्क जोड्ने सडक अन्तर्गत यो सडक खण्डको केही भागमा स्तरोन्नतिको काम गर्नुपर्ने भएकोले आजबाट सडक बन्द गरिएको हो । उक्त सडक आजबाट आगामी फागुन १० गतेसम्म बन्द हुने छ । मुसिकोट नगरपालिकाले वसपार्क जोड्ने सडक निर्माण र मर्मतको काम गर्नुपर्ने भन्दै सवारी साधन आवत जावत बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । 

जसअनुसार आजबाट सडक बन्द भएको हो । यसबारेमा जिल्ला प्रशासन कार्यालयले सोमबार नै एक सूचना जारी गर्दै जानकारी गराएको थियो । सल्ले प्रहरी चौकी देखि ६० मिटर अगाडिसम्म सोलिङ र पिपिसीको काम गर्न लागिएको मुसिकोट नगरपालिकाले जनाएको छ । समग्रमा वसपार्क सडक निर्माणका लागि १ कोड ४७ लाख ९३ हजार ६० रुपैंया ४५ पैसाको ठेक्का खुलेको थियो । तर ठेकेदार कम्पनीले ८४ लाख ८९ हजार ८ सय ३ रुपैंया कामको जिम्मा लिएको नगरपालिकाका इन्जिनियर पहल पुनले बताउनुभयो । 

जसबाट ७ सय ३० मिटर नयाँ ट्रयाक खोल्ने, १ सय २३ घनमिटर पिसिसी ढलान, १ सय ४१ घनमिटर ढुंगा भर्ने, ३ सय ४८ घनमिटर वाल निर्माण र ३ सय थान जाली भर्नुपर्ने छ । सल्ले–गिलवाङ सडक खण्डको केही ठाउँमा काम गर्नै पर्ने भएकोले वसपार्क सडक निर्माण अन्तर्गतको बजेटले काम भइरहेको इन्जिनियर पुनको भनाई रहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update