रुकुम पूर्वको भूमे गाउँपालिकामा अध्यापनरत गणित शिक्षकहरुलाई तालिम दिइएको छ । चालु आर्थिक बर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा गणित शिक्षकहरुलाई एक हप्ते क्षमता विकास तालिम दिइएको हो ।
शिक्षकहरुलाई विषयगत तालिम प्रदान गरिएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । तालिमले कक्षा सहजिकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । तालिम आज सम्पन्न भएको हो । तालिमका सहभागि शिक्षकहरुलाई प्रभावकारी रुपमा कसरी पठन पाठन गर्ने, शैक्षिक सामग्रिको निर्माण तथा प्रयोग, मुल्यांकनको विधि, पठन पाठनमा सूचना सञ्चारको महत्व लगायतका विषयमा सिकाइएको थियो ।
तालिमका सहभागि शिक्षकहरुले तालिममा सिकेका ज्ञानलाई विद्यालयमा गएर व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएको शिक्षा शाखा प्रमुख कौशलकुमार तिवारीले जानकारी दिनुभयो । तालिम समापन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र यादव, तालिम केन्द्र बाँकेका प्रशिक्षक माधव शर्मा र रामलाल मौर्य लगायतको आतिथ्यता रहेको थियो ।
उक्त तालिममा आधारभुत तह र माध्यमिक तह गरी १९ जना गणित शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रमको संचालन भने भूमे गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक टेकबहादुर बुढाथोकीले गर्नुभएको थियो ।।