सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म रुकुम पश्चिमले आगलागीबाट बच्ने सम्बन्धि नमूना अभ्यास गरेको छ । बिहिबार मुसिकोट खलंगाको त्रिभुवन जनता माविमा नमूना अभ्यास गरिएको हो । विद्यार्थीहरुलाई आगलागीबाट बच्न सचेत गराउने उदे्श्यले विद्यालयमा नमूना अभ्यास गरिएको सशस्त्र प्रहरी सहायक निरीक्षक मोहन डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यार्थीहरुलाई भान्सा कोठामा ग्याँस सिलिण्डर लिग भएर हुन सक्ने आगलागी नियन्त्रणका बारेमा नमूना अभ्यास गरेर देखाइएको थियो । आगो ताप्दै गर्दा शरिरमा आगो सल्कियो भने त्यसबाट कसरी बच्ने भन्ने बारेमा पनि नमूना अभ्यास गरिएको उहाँले बताउनुभयो । त्यस्तै कसैले आत्मदाहको प्रयास गर्यो भने उक्त व्यक्तिलाई कसरी बचाउने भनेर समेत अभ्यास गरिएको डाँगीको भनाई छ ।
नमूना अभ्यासको भिडियो हेर्नुहोस्ः