ठूलीभेरी नदीमा जलयात्रा सुरु भएको छ । सिस्ने टुरिजम डेभ्लप्मेन्ट प्राली रुकुम पश्चिमले जलयात्रा सुरु गरेको हो । यस अघि नै परीक्षण भइसकेको भेरी नदीमा विहीबारदेखि जलयात्रा थालिएको हो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १, को पिपेदेखि चौरजहारी नगरपालिकाको बाँसखोलासम्म सम्म जलयात्रा गर्न रुट कायम गरिएको छ । यस रुटको जलयात्रा तीन घण्टाको हुनेछ ।
चौरजहारी र त्यस आसपास क्षेत्रको समग्र पर्यटन प्रबद्र्धनका लागि प्रालीले जलयात्रा सुरु गरेको म्यानेजिङ डाइरेक्टर सन्तोष शर्माले जानकारी दिनुभयो । विहीबार जलयात्रा गरिएको छ । अब अरु थप व्यवस्थापन गरेर केही दिनयमा यसलाई निरन्तरता दिने योजना रहेको शर्माले बताउनुभयो । हाल प्रालीले एउटा डुंगा ल्याएर सञ्चालन थालेपनि लगत्तै अर्को पनि डुंगा ल्याइने जनाइएको छ । पर्यटन प्रबद्र्धन मार्फत पनि चौरजहारीमा आर्थिक गतिविधि पनि बढाउने गरी उद्देश्य राखिएको छ ।
सुरुमा साहसिक मानिने जलयात्रा र प्याराग्लाइडिङको तयारी गरिएको । चौरजहारी नगरपालिकाको ४ नम्बर वडा मालिकाबाट १ नम्बर वडामा रहेको विमान स्थलसम्म एउटा प्याराग्लाइडिङको क्षेत्र र ६ नम्बर वडाको मालिकादेखि जाजरकोट भेरी नगरपालिकाको रिम्ना वा सानीभेरी गाउँपालिकाको चाइनाबगरसम्म अर्को प्याराग्लाइडिङको क्षेत्र तोएिको छ । हाल यो अध्ययनकै क्रममा रहेकाले अध्ययन सकिएपछि प्याराग्लाइडिङ पनि सुरु गर्ने प्रालीले जनाएको छ ।