जन्मदिनमा बिरामीलाई फलफूल वितरण
रुकुम पश्चिममा एक व्यक्तिले आफ्नो जन्म दिनको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ९ का दुर्गाप्रसाद विकले आफु २० वर्ष पुरा भई २१ वर्ष पुगेको अवसरमा जिल्ला अस्पताल सल्लेमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गर्नुभएको हो ।
विकले जिल्ला अस्पताल सल्लेमा पुगरे अस्पतालमा उपचाररत २५ जना बिरामीलाई केरा, अंगुर, स्याउ र सुन्तला वितरण गर्नुभयोे । जन्मदिनको अवसरमा अन्य फजुल खर्च गरेर पैसा सक्नु भन्दा बिरामीहरुलाई फलफूल वितरण गरेको उहाँको भनाई छ । करिब ५ हजार मुल्य बराबरको फलफूल वितरण गरेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९ २१:०७
प्रतिक्रिया दिनुहोस्