सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ रुकुम पश्चिमको अध्यक्षमा नरेन्द्र केसी चयन हुनुभएको छ । सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिहरुको छाता संगठन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशको २८ र २९ मा सम्पन्न दोस्रा् अधिवेशनबाट केसी जिल्लाको अध्यक्षमा चयन हुनुभएको हो ।
उहाँ खलंगाको त्रिभुवन जनता मावि खलंगाको विव्यस अध्यक्ष पनि हुनुहुन्छ । समितिको कार्यकाल तीन वर्षको हुने छ । समितिको उपाध्यक्षमा बालकल्याण मावि त्रिवेणीका मानबहादुर ओली, सचिवमा जनज्योती मावि सानीभेरीका दिपक बाँठामगर र कोषाध्यक्षमा यमुना नन्द नमूना मावि शेरिगाउँकी पवित्रा ओली रहनुभएको छ ।
सदस्यहरुमा शसिराम खत्री, देउमी पौडेल, झरना खत्री राना, सीता खड्का भण्डारी, जमुना खड्का र कर्णबहादुर बटाला चयन हुनुभएको छ । त्यस्तै बालकल्याण मावि आठबीसकोटका अध्यक्ष दिनेश चन्द प्रदेश समितिमा चयन हुनुभएको छ । अन्य ७ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
अध्यक्ष केसीले विव्यस महासंघ रुकुम पश्चिमलाई कार्य सम्पदनमा सहयोग र सदभावका लागि सबैमा अनुरोध गर्नुभएको छ । लगत्तै पालिका स्तरीय विव्यस महासंघ गठन गरिने उहाँले बताउनुभयो । अव महासंघले जिल्लाको शिक्षा क्षेत्रमा कतै न कतै टेवा पुग्ने उहाँको विश्वास छ ।