Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमः नेकपा बहुमतद्वारा जिल्ला प्रशासनमा ज्ञापन पत्र 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयमा गिरफ्तार नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । आइतबार नेकपा बहुमतले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई  सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्यवन गर्न, गिरफ्तार नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । 


नेकपा बहुमतको केन्द्रिय कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको पार्टीका ९ औँ महाधिवेशन आयोजक समितिका सदस्य तथा केन्द्रिय सदस्य हिरामणि रावलले जानकारी दिनुभयो ।  उहाँका अनुसार तीनबुँदे सहमति विपरित झुट्टा मुद्दा लगाइ अन्यायपूर्ण तरिकाले देशका विभिन्न जेलमा बन्दी बनाएका सम्पूर्ण बन्दीलाई रिहाइको माग गरिएको छ । देशका विभिन्न कारागारमा रहेका बन्दीहरूको नामवली समेत बुझाएको केन्द्रिय सदस्य रावलले जानकारी दिनुभयो । 


केन्द्रिय सदस्य रावल, युवा जन स्वंयमसेवक संगठनका केन्द्रिय सदस्य शिव रसाईली, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सोमपाल कामी लगायत अखिल क्रान्तिकारीका जिल्ला सदस्यहरूको उपस्थितिमा ज्ञापन पत्र बुझाएको हो ।
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update