रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नंम्बर ८ मा उद्यमशिलता विकास, लैङ्गिक समानता तथा समावेशिकरण तालिमको उद्घाटन गरिएको छ । तालिमको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । सिस्ने गाउँकार्यापालिकाको कार्यालय रुकुमकोट रुकुम पूर्वको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
तालिममा वडा नंम्बर ८ का २० जना उद्यमिको सहभागिता रहेको छ । सात दिन सम्म चल्ने तालिममा उद्यम र उद्यमशिलता, व्यवसायी महत्त्व, सफल उद्यमिका गुन र विशेषताहरु, बजार र बजारीकरण,व्यवसाय गर्दा ध्यान दिनु पर्ने कुराहरु लगायतका विषयमा सिकाईने छ । तालिमको सहजिकरण उद्यम विकास सहजकर्ता सामना आचार्य र मदन विसीले गर्ने गाउँपालिकाले जनाएको ।
वडा नंम्बर ८ की वडा सदस्य ससिला पुन बुढाको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट्रपाटि माओवादी ८ नंम्बर वडा इन्चार्ज देबिलाल पुनको प्रमुख आतिथ्यता रहेको थियो त्यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट्र पार्टी माओबादीका ८ नंम्बर वडा अध्यक्ष गोपालसिङ पुन ८ नंम्बर वडा कार्यालयका वडा सचिब प्रेम प्रकास वली उद्यमी लगायतको उपस्थिती रहेको थियो ।