रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. १३ र १४ का सहिद परिवारलाई सम्मान गरिएको छ । २८ औं जनयुद्ध दिवसको अवसरमा सहिद परिवारलाई सम्मान गरिएको हो । वडा नम्बर १३ र १४ का १२ जना सहिद परिवार र १ जना घाइते योद्धालाई सम्मान स्वरुप काँसको थाली र कचौरा वितरण गरिएको छ ।
मुसीकोट १३ का वडाध्यक्ष खलबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खड्काले सहिदले देखाएको बाटो र उहाँहरुको सपना साकार पार्न निरन्तर लागिरहने बताउनुभयो ।
साथै सहिदका सपना साकार पार्न तीनै तहका सरकार तथा सरोकारवालाहरु लाग्नुको विकल्प नभएको उहाँको भनाई थियो । सहिदको बलिदानीलाई कसैले भुल्न नहुनेमा उहाँको जोड छ । महान जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिनुपनि महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो ।
मुसिकोट नगरपालि वडा नम्बर १३ को आयोजनामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका वडा नम्बर १३ का पूर्व अध्यक्ष दिपक केसी, राजनीति दलका प्रतिनिधि लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।