रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १२ मा प्रथम सहिद स्मृति वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । वडाको बैरागीठाँटीमा आयोजित प्रतियोगिताको कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै सांसद खड्काले खेलको क्षेत्रको विकासका लागि वडा, पालिका, प्रदेश र संघ सरकारले लगानी गर्नुपर्ने बताउनुभयो । सामुहिक भावनाको विकास र भाइचारा कायम गरी खेदकुदका माध्यमबाट समाजको विकास गर्न सकिने उहाँको भनाई छ ।
२८ औं जनयुद्ध दिवसको अवसरमा युवा तथा खेलकुद विकास सतिति मुसिकोट १२ ले प्रतियोगिता आयोजना गरेको हो । कार्यक्रममा प्रदेश सांसद खड्का, १२ नम्बर वडा अध्यक्ष धिरन सिर्पाली, भलिवल खेलका प्रमुख रेफ्री पवनकुमार शाही, शिक्षक, स्वाथ्यकर्मी, शहिदपरिवार लगायतको उपस्थिति रहेको थियो । पुरुष भलिबल, डबल ब्याडमिन्टन, आइ.टि.एफ. तेक्वान्दो लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।