Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तकसेरा हुने
फाइल फाेटाे

रुकुम पूर्वको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेरामा हुने भएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला स्तरीय बैठकले महेन्द्र मावि तकसेरामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने निर्णय गरेको हो । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नामेन्द्र सुनारका अनुसार जिल्ला स्तरीय बैठकले यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मावि तकसेरामा गर्ने निर्णय भएको कखरालाई जानकारी दिनुभयो । यही फागुन १४ गते देखि १६ गते सम्म शिल्ड सञ्चालन गर्ने बैठकले निर्णय गरेको अध्यक्ष सुनारले बताउनुभयो । शिल्डमा विविध विधाका खेलकुद सञ्चालन गरिने छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update