रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ को जिपुमा संचालित ब्याटमिन्टन प्रतियोगितामा पुरुष तर्फ खिमबहादुर खत्री र डाइमन विकको जोडी बिजेता भनेको छ । फाईनलमा हरि चन्द र जगदिश पुरीको जोडीलाई पराजित गर्दै खिम र डाइमनको जोडी पहिलो भएको हो । यस्तै डिलबहादुर नाथ र कमल दाहाल तथा पृथबहादुर चन्द र भुपेन्द मल्लको जोडी सान्त्वना भएको छ । विजेता उपविजेता र सान्त्वना हुने दुई जोडीले क्रमशः २० हजार, १५ हजार र ५/५ हजार पुरस्कार पाएका छन् ।
यस्तै महिला तर्फ डिला पुन र राजकुमारी बुढाको जोडी विजेता भएको छ । फाईनलमा शारदा चन्द र निर्मला मल्लको जोडीलाई पराजित गर्दै डिला र राजकुमारीको जोडी विजेता बनेको हो । विजेता जोडीले नगद १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता भएको जोडीले नगद १० हजार रुपैयाँ पाएको छ ।
यस्तै प्रतियोगितामा रिता खत्री र कल्पना दाहाल तथा टीका डाँगी र धनसरा बुढाको जोडी सान्त्वना भएको छ । सान्त्वना जोडीले समान २५/२५ सय पुरस्कार पाएको छ । २८ औ जनयुद्घ दिवसको अवसरमा स्यार्पू युवा तथा खेलकुद विकास समितिले गाउँपालिका स्तरीय ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेका थियो । जिपुमा २०५७ साल देखि हरेक वर्षको फागुन १ गते जनवादी मेला लाग्दै आएको छ ।