Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा रुकुम पश्चिमद्धारा लघुवित्त विरुद्ध विरोध प्रर्दशन 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा रुकुम पश्चिमले चर्को बैंक ब्याजदर, लघुवित्त संस्थाको ज्यादति र मुल्य बृद्धि विरुद्ध मुसिकोट खंलगामा विरोध प्रदर्शन गरेको छ । हिजो पत्रकार सम्मेलन गरेर लघुवित्त संस्था विरुद्ध आन्दोलन चकाउर्ने निर्णय सुनाएको नेकपाले आज खंलगामा विरोध प्रदर्शन गरेको हो । 

लघुवित्त पीडित सहित बालमन्दिर देखि विरोध प्रर्दशनमा उत्रिएको नेकपाले तल्लो बजार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, त्रिवेणी चोक लगायत बजार क्षेत्रमा विरोध प्रर्दशन गरेको थियो । बालमन्दिरमा पुगेर कोण सभा भएको थियो । 

कोण सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इचार्ज चन्द्रबहादुर बुढाले लघुवित्त संस्थाले गाउँका सोझा साझा महिलालाई झुक्याएर लुट मच्चाएको, घर छोडेर भाग्नुपर्ने अवस्था समेत सिर्जना गरेको बताउदै लघुवित्त संस्थाको ज्यादति नरोकिएसम्म निरन्तर संघर्ष गरिरहने बताउनुभयो । 

ज्यादति नरोकिएमा संर्घष समितिले लघुवित्तको कार्यालयम पुगेर ताला लगाउने चेतावनी बुढाले दिनुभयो । जबसम्म लघुवित्त संस्था र सरकारले न्याय दिदैन तवसम्म निरन्तर संघर्ष गरिरहने संघर्ष सतितिका जिल्ला अध्यक्ष कर्मी केसीले बताउनुभयो । गाउँगाउँका दिदी बहिनीले यसमा साथ दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

‘गाउँ गाउँमा गएर लघुवित्तका कर्मचारीले सोझा साझा महिलालाई धम्काई रहेको अवस्था छ, यसको विरुद्धमा संघर्ष समिति निरन्तर लागिरहेको छ, अव जिल्लाका सम्पूर्ण महिलाहरुले साथ दिनुपर्छ केसीले भन्नुभयो ।’ 

नेकपा जिल्ला डि वान संघर्ष समतिका संयोजक भास्कर मल्लको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इचार्ज चन्द्रबहादुर बुढाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम लघुवित्त पीडित महिलाहरुको पनि उपस्थित रहेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update