Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट १२ मा प्रथम सहिद स्मृति खेलकुद प्रतियोगिता सम्पन्न

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ मा प्रथम सहिद स्मृति खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । २८ औं जनयुद्ध दिवसको अवसरमा युवा तथा खेलकुद विकास समिति मुसिकोट १२ ले प्रतियोगिता आयोजना गरेको थियो । 

उक्त प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय भलिबल, आइ।टी।एफ। तेक्वान्दो, डलब ब्याडमिन्टन, गुरिल्ला म्याराथन, महिला र पुरुष रसाकसी आयोजना गरिएको थियो । जसअन्तर्गत भलिबलमा मुसिकोट ४ प्रथम भएको छ । उसले नगद ५० हजार जितेको छ । 

त्रिवेणी गाउँपालिकाले वडा नम्बर २ ले द्धितिय हुँदै नगद ३० हजार र मुसिकोट नगरपालिका वडा नम्बर ९ ले तृतिय हुँदै नगद २० हजार पुरस्कार जितेको आयोजकले जनाएको छ । भलिबलमा मुसिकोट ४ का विजय बोहरा उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । 

तेक्वान्दो तर्फ रोल्पाको परिवर्तन गाउँपालिकाका तिलक बुढा मगर प्रथम, रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका जनक बुढा मगर द्धितिय र रोल्पा परिवर्तन गाउँपालिकाका सन्देश सुनार तृतिय हुनुभयो । प्रतियोगिताको प्रथमलाई २० हजार, द्धितियलाई १५ हजार र तृतियलाई १० हजार पुरस्कार प्रदान गरिएको छ । 

ब्यामिन्टन तर्फ कविन्द्र पुन र महेन्द्र पुनको जोडी प्रथम, सुमन मल्ल र ताराप्रकाश ओलीको जोडी द्धितिय, ओपेन्द्र बोहरा र महेन्द्र केसी तथा भावेश बोहरा र धनविर बोहराको जोडी शान्त्वना भएको छ । ब्याडमिन्टनको विजेताले १५ हजार, उप विजेताले १० हजार र शान्त्वना हुने दुई जोडीले ३÷३ हजार पुरस्कार पाएका छन् । 

खुला गुरिल्ला म्याराथनमा मुसिकोट ७ का दुर्गा बुढा प्रथम, मुसिकोट ६ का विशाल खड्का द्धितिय र मुसिकोट ४ का जीवन मल्ल तृतिय हुनुभयो । प्रथम, द्धितिय र तृतियले क्रमशः ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार पाएका छन् । खुला पुरुष रसाकसीमा मुसिकोट १२ को आयोजक टंकमान ओलीको समुह प्रथम र मुसिकोट ४ सोलावाङको प्रेम ओलीको जोडी द्धितिय भयो । 

प्रथमले ८ हजार र द्धितियले ६ हजार पुरस्कार पाएको छ । त्यस्तै महिला रसाकसीमा सोलावाङको लुमा खड्काको समुह प्रथम भयो । उसले ४ हजार पुरस्कार पायो । द्धितिय भएको मुसिकोट १२ नयाँगाउँको धनसरा विकको समुहले २ हजार ५ सय पुरस्कार पाएको आयोजक वडा युवा तथा खेलकुद विकास समितिले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update