Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रजातन्त्र दिवसको अवसरमा रूकुम पश्चिममा एक जनाको कैद मिनाहा

प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार रुकुम पश्चिमबाट एक जना कैदी छुटेका छन् । ज्यान मार्ने उद्योगमा कैद सजाय भुक्तान गरिरहेका मुसिकोट नगरपालिका वडा नम्बर ११ का कैदीको बाँकी सजाय मिनाहा भएपछि कारागार मुक्त भएका हुन् । 

५ वर्षको जेल सजाय फैसला भएकामा उनले २ वर्ष ६ महिना जेल सजाय भुक्तान गरिसकेकोले प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट बाँकी सजाय मिनाहा भएको जिल्ला कारागारका जेलर अकविर घर्तीले जानकारी दिनुभयो । उनि आजै कारागार मुक्त भएका छन् । जिल्लाबाट मापदण्ड अनुसार कैद मिनाहाका लागि उनलाई मात्र सिफारिस गरिएको जेलर घर्तीले बताउनुभयो । 

५० प्रतिशत सजाय भुक्तान गरेका र असल चाल चालन भएका कैदीहरुलाई विभिन्न समयमा राष्ट्रपतिबाट माफि दिने चलन रहेको छ । जिल्ला कारागारमा अव १ सय २९ जना कैदी बन्दी रहेका छन् । जसमा पुरुष १ सय २० र महिला ९ जना रहेको जेलर घर्तीको भनाई छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update