Kakhara सबैको खबर सम्पूर्ण खबर
चालु वर्षमा प्राकृतिक विपत्तिबाट ३ जनाको मृत्यु, ३४ लाखको क्षेति
फाइल फाेटाे ।

रुकुम पश्चिममा चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म विभिन्न खालका विपतका कारण ३ जनाले ज्यान गुमाएका छन् । बाढी तथा पहिरालेबाट २ जना महिला र १ जना पुरुषको मृत्यु भएको हो । भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । 

विपतका कारण २२ वटा पशु चौपाया मरेका छन् भने १३ वटा घाइते भएका छन् । ३७ वटा घरमा क्षेति पुगेको छ भने २० वटा गोठ र ७ वटा विद्यालयमा समेत क्षेति पुगेको प्रहरीको तथ्यांक छ । यसरी बाढी पहिरो लगायतका विपतबाट जिल्लामा हालसम्म ३४ लाख ६ हजार १ सय १० रुपैंयाको क्षेति भएको तथ्यांकले देखाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । 

यो प्रहरीमा आएको विवरणका आधारमा तयार पारिएको क्षेतिको विवरण रहेको उहाँको भनाई छ । यस वाहेक क्षेति भएको तर प्रहरीकोमा जानकारी नआएको समेत हुनसक्ने उहाँले बताउनुभयो । जिल्लामा वर्षेनी पहिरो तथा बाढीले मानविय, भौतिक तथा पशु चौपायामा क्षेति हुने गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update