रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आयोजित महोत्सवमा हरेक दिन लाइभ दोहोरी हुने छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिम र कला साँस्कृतिक पर्यटन मञ्चले संयुक्त रुपमा कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव फागुन २६ देखि चैत्र ७ गतेसम्म मुसिकोट खलंगाको बराहटाकुरामा आयोजना गरेका छन् ।
उक्त महोत्सवमा हरेक दिन लाइभ दोहोरी संचालन हुने आयोजक समितिका अमित परियारले जानकारी दिनुभयो । ‘महोत्सवमा विभिन्न कलाकारहरुले प्रस्तुति राख्ने छन्, महोत्सवमा आकर्षणका रुपमा स्टल देखि अन्य चिजहरु रहने छन्, उहाँले भन्नुभयो–महोत्सवमा हरेक दिन लाइभ दोहोरी समेत हुने छ, हामीलाई विश्वास छ यो महोत्सवको आकर्षण बन्ने छ ।’
दिनभरी अन्य कार्यक्रमहरु रहने र साँझमा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा लाइभ बाजागाजा सहित लाइभ दोहोरी संचालन हुने परियारले बताउनुभयो । यसले दर्शकहरुलाई फरक खालको रमाइलो दिने उहाँको विश्वास छ । लाइभ दोहोरीमा इच्छुक जो सुकै पनि सहभागी हुने सक्ने उहाँले बताउनुभयो । जिल्ला सदरमुकाममा २०७५ सालपछि पहिलो पटक महोत्सव हुन लागेको हो ।