Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट गाउँपालिकाको तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले शिल्डको उद्घाटन गर्नुभयो । शिल्डमा गाउँपालिकाका १० वटा माविको सहभागिता रहेको छ । 

शिल्ड वडा नम्वर ५ को स्यार्पूमा सुरु भएको हो । शिल्डमा छात्र, छात्रा भलिवल, कवड्डी, एथ्लेटिक्स तर्फ छात्र÷छात्रा ट्रयाक दौड, उफ्रने र फाँक्ने तर्फ, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, ८ पाउण्ड र १२ सय पाउण्ड सटफुट प्रतियोगिता हुने छ । शिल्ड १० गतेसम्म संचालन हुने गाउँकार्यपालिका प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो ।

गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष जनककुमार बाँठाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उपाध्यक्ष तारा बुढा केसी, वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो । उद्घाटन समारोहको संचालन विरेन्द्रप्रसाद बुढाथोकीले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update