रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नंम्बर १ को खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । वडाको डोप्टे–तासुकाँडा–लिरेगोठ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । जलवायु परिवर्तन कार्यक्रमको २५ लाख र स्थानीयको १२ लाख श्रमदान गरी ३७ लाख रुपैयाँको लागतमा आयोजना सम्पन्न हुन लागेको हो । यस अघिको खानेपानी आयोजना जिर्ण भैएपछि नयाँ खानेपानी आयोजनाको काम सुरु गरियको वडा अध्यक्ष हर्कु मल्लले जानकारी दिनुभयो ।
अरु काम सम्पन्न भैसकेको आयोजनाको अब टोलटोलमा धारा निर्माण गर्न बाँकी रहेको खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष धन बहादुर मल्लले जानकारी दिनुभयो । उक्त खानेपानी आयोजनाबाट तासुकाँडा, दया र लिरेगोठका गरी १ सय २६ घरधुरीले पानी प्रयोग गर्ने पाउने पाउनेछन् । तासुकाँडा देखी ७ किलोमिटर टाढा डोप्टेबाट उक्त ठाउँमा खानेपानी पुग्न लागेको हो । लामो समय पछि टोल टोलमा खानेपानी पुग्ने भएपछि स्थानीय खुसी भएका छन् ।