रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका स्तरीय चौँथो ‘राष्ट्रपति रनिङ शिल्ड’ शुक्रबार देखि सुरु गरियो । यस वर्ष सोही गाउँपालिकाको वडा नम्बर ५ देउराली मावि हुकामको प्राङ्गणमा ‘राष्ट्रपति रनिङ शिल्ड’ सञ्चालन भयो । शुक्रबारबाट सुरु भएको पुुथाउत्तरगङ्गा गाउँपालिका स्तरीय चौँथो ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सोमबार सकियो ।
विविध विधाका प्रतियोगिता रोचक रह्यो । रोचक यस कारणले रह्यो २०७७ र २०७८ साल दुई वर्ष लगातार रूपमा पुथाउत्तरगङ्गा–१ पुथा हिमालय मावि मैकोटले शिल्डको उपाधि जितको थियो । यस वर्ष फेरी मावि मैकोटले जित हासिल गर्छ कि गर्दै भन्ने आम दर्शकमा लागेको थियो । चासोका साथ हेरिएको यस वर्षको पुथाउत्तरगङ्गा गाउँपालिका स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ पुनः मावि मैकोटले नै जित हासिल ग¥यो गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामप्रसाद खड्काले बताउनुभयो । लगातार तीन वर्षको जित पछि मावि मैकोटले सधैँका लागि शिल्ड हात पर्न सफल भएको खड्काले जानकारी दिनुभयो । “मावि मैकोटले शिल्ड पच ग¥यो” खड्काले भन्नुभयो –“अर्काे वर्ष गाउँपालिकाले नयाँ शिल्ड बनाइ प्रतियोगिता सञ्चालन गर्ने छ ।”
१२ स्वर्ण सहित मावि मैकोट पहिलो, १० स्वर्ण प्राप्त गरेको पुथाउत्तरगङ्गा–५ को देउराली मावि हुकाम दोस्रो र ४ स्वर्ण प्राप्त गरी १२ नम्बर वडाको पर्वत मावि कोल तेस्रो भएको आयोजकले जनाएको छ । यसै गरी भलिबल छात्र तर्फ राजेश गुरुङ र छात्रा तर्फ उषा खड्कालाई उत्कृष्टमा छनोट गरिएको छ । तीन गाउँपालिका रहेको यस जिल्लामा भूमे गाउँपालिकामा सोमबारबाट सुरु गरिएको छ भने सिस्ने गाउँपालिकामा मङ्गलबार आजबाट चौँथो गाउँपालिका स्तरीय शिल्ड प्रतियोगिता सञ्चालन गरिँदै छ ।