Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा २४ वटा अटो रिक्सा चल्ने, जोखिमपूर्ण सडकमा पनि अनुमति 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अटो रिक्सा संचालन गर्न दिने भएको छ । नगरपालिकाले अटो तथा इ–रिक्सा कार्यविधि निर्माण गरेको छ । जसअनुसार विभिन्न रुटमा अटो रिक्सा संचालन गर्न अनुमति दिइएको नगरपालिकाले जनाएको छ । विभिन्न ६ वटा रुटमा अटो रिक्सा संचालन गर्न पाइने जानकारी सहित नगरपालिकाले अटो रिक्सा संचालनका लागि निवेदन दिन १५ दिने सूचना जारी गरेको छ । 

नगरपालिकाले अहिले तत्काललाई नगर भरमा २४ वटा अटो रिक्सालाई संचालन अनुमति दिने भएको छ । कार्यविधि अनुसार नगरपालिकाको छिवाङ जिउला–सादनचौर–माछमी हुँदै खलंगासम्म ६ वटा, स्याउली बजार–सोलावाङ हुँदै खलंगासम्म ४ वटा र होल्तारा–झुल्खेत हुँदै खलंगासम्म ४ वटा अटो संचालन गर्न दिइने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनाराम खड्काले जारी गरेको सूचनामा उल्लेख छ । 

त्यस्तै नगरको घोरखानी–साँख हुँदै खलंगासम्म ४ वटा, पशुपती मावि रातामाटा हुँदै खलंगासम्म २ वटा र खलंगा–सल्ले–शेरिगाउँ–पिपलनेटा–शितलपोखरी–मुसिकोटडाँडासम्म ४ वटा अटो संचालन हुने छन् । मुसिकोटमा लामो समय देखि अटो संचालनको प्रयास भएपनि दुर्घटनाको जोखिम उच्च रहेको भन्दै सरकारले अनुमति दिएको थिएन् । केही समय अटो संचालन समेत भएका थिए । तर अहिले भने कार्यविधि बनाएर नगरपालिकाले नै ठूलो संख्यामा अटो संचालनका लागि अनुमति दिन लागेको हो । 

मुसीकोट नगरपालिका भित्रका नागरिकले मात्र अटाे चलाउन पाउने नगर प्रमुख महेन्द्र केसीले बताउनुभयाे । त्यस्तै नगरपालिकाको कार्यविध भित्र रहे, नरहेको, भाडा दर र अन्य मापदण्डको लागि नगर प्रमुख कसीको संयोजकमा समिति समेत निर्माण गरिएको छ । जसमा नगर उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कानुन अधिकृत, ट्राफिक प्रहरी र यातायात शाखाकाे प्रतिनिधित्व रहेकाे छ । 

यो समितिले अटो रिक्साको भाडा दर कायम देखि अन्य नियमणकाे काम गनेर् छ । यसैविच कालोपत्रे नभएका जोखिमपूर्ण सडक र लामो दुरीमा समेत अटो संचालनका लागि नगरले अनुमति दिएपछि दुर्घटनाको जोखिम बढ्ने चिन्ता भने थपिएकाे छ । साँघुरो सडकमा यातायातका साधन थेग्नै मुश्किल भइरहेको हालको अवस्थामा अटो संचालन हुँदा झन चाप बढ्ने र यसले मुख्य गरी मुसिकोट खलंगा, बागबजार लगायतका बजार क्षेत्रको सवारी आवागमणलाई अव्यवस्थित बनाउनुका साथै दुर्घटनाको जोखिम बढाउने डर थपिएको छ ।

332150904_5278236502276873_4962271613870521680_n1677056812.jpg

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update