माओवादी केन्द्र कर्णालीको सचेतकमा मिलन खड्का
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रणसिङ परियार र सचेतकमा मिलन खड्का नियुक्त हुनुभएको छ । बुधबार राति बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले परियारलाई प्रमुख सचेतक र खड्कालाई सचेतकमा नियुक्त गरेको हो ।
परियार हुम्ला प्रदेश सभा १ बाट निर्वाचित हुनुभएको थियो भने सचेतक खड्का रुकुम पश्चिमबाट समानुपातिक तर्फ सांसद बन्नुभएको हो । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राजकुमार शर्माले दलको प्रमुख सचेतक र सचेतक नियुक्त गर्नुभएको हो ।
कर्णालीमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले भने दलको प्रमुख सचेतक र सचेतक चयन गर्न सकेका छैनन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ ११:५८
प्रतिक्रिया दिनुहोस्