Kakhara सबैको खबर सम्पूर्ण खबर
शारदा नमुना आविको १६ औं वार्षिकोत्सव सम्पन्न 

रुकुम पश्चिमको शारदा नमुना आधारभूत विद्यालय त्रिवेणी गाउँपालिका ७ दुरपतीले आफ्नो १६ औं बार्षिकोत्सव मनाएको छ । बिहिवार विविध आन्तरिक तथा खुला प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरी विद्यालयले बार्षिकोत्सव मनाएको हो । 

आधारभूत तह (१–५) मा अन्तर विद्यालय हिसाब दौड, हाजिरीजवाफ खुला लोक गित प्रतियोगिता र अविभावकहरु बिच रस्साकस्सी प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । हिसाब दौड तर्फ साधारण माध्यमिक विद्यालय प्रथम, जनज्योति आधारभूत विद्यालय सल्लेरी द्वितिय, शारदा नमुना आधारभूत विद्यालय दुरपती तृत्तिय र चाइल्ड फ्रेण्ड्ली क्रियसन प्राली झुल्नेटा शान्त्वना भएको छ । 

त्यस्तै हाजिरीजवाफ तर्फ शारदा नमुना आधारभूत विद्यालय प्रथम, जनज्योति आधारभूत विद्यालय सल्लेरी द्वितिय, चाइल्ड फ्रेन्ड्ली क्रियसन प्राली झुल्नेटा तृतिय र युवा जनजागरण माध्यमिक विद्यालय झुल्नेटाले शान्त्वना स्थान हाँसिल गरेको आयोजक विद्यालयले जनाएको छ । 

खुला लोक गित तर्फ भिम कल्याण आधारभूत विद्यालय बाँठाकोटकी पुष्पा ओलीको समूह प्रथम, त्रिवेणी ७ की पूर्णीमा बिक द्धितिय, विन्दु पुन तृतिय र भवानी खड्काको समूह शान्त्वना भएको छ । त्यस्तै अविभावकहरु बिचको रस्साकस्सी प्रतियोगितामा कवि पुनको समूह विजेता र तुफान पुनको समूह उप–विजेता बनेको छ । 

प्रतियोगितामा विजयीले नगद र स्टेशनरी सामग्रीहरु प्राप्त गरेका छन । वार्षिकोत्सबको अवसरमा विद्यालयमा रहेका विभिन्न १० वटा अक्षयकोषको बार्षिक ब्याज वापतबाट विद्यालयका दलित, गरिव जेहन्दार, अपाङ्ग र विपन्न परिवारका २९ जना बालबालिकालाई ३५ हजार बराबरका शैक्षिक तथा सरसफाइका सामग्री वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक खिमबहादुर पुनले जानकारी दिनुभयो । 

उहाँका अनुसार छोराछोरीलाई नियमित विद्यालय पठाउने र सरसफाइमा विशेष ख्याल गर्ने अभिभावकहरुलाई पनि सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनसिङ पुनको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसी, सामाजिक विकास समिति संयोजक रनबहादुर पुन, वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्रकुमार ओली, वडा नम्बर ७ का अध्यक्ष धनबहादुर खड्का, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सभागिता रहेको थियो । 

कार्यक्रमको संचालन विद्यालयका शिक्षक खिमबहादुर बिकले गर्नुभएको थियो ।
  
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update