रुक्मिणी माविलाई शिल्ड
रुकुम पूर्वको सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड रुक्मिणी माविले हात पारेको छ । सोही विद्यालयको खेल मैदानमा भएको शिल्डमा सहभागी ९ वटा विद्यालयलाई पछि पार्दै रुक्मिणी माविले शिल्ड हात पारेको हो । उसले ११ स्वर्ण, ४ रजत र ८ काँस्य जित्यो ।
३ नम्बर वडामा रहेको जनता मावि पोखरा दोस्रो भएको छ । उसले ११ स्वर्ण, ४ रजत र ३ काँस्य पदक हात पार्यो । यस्तै २ स्वर्ण सहित वडा नम्बर ६ मा रहेको त्रिभुवन मावि तेस्रो भएको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत मंगलसिंह बुढाले जानकारी दिनुभयो ।
शिल्डमा विभिन्न स्पर्धामा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहले बताउनुभयो । फागुन ९ गतेबाट सुरु भएको शिल्ड आज सकिएको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १६:२६
प्रतिक्रिया दिनुहोस्