Kakhara सबैको खबर सम्पूर्ण खबर
समाजसेवी ज्योतिलाखद्वारा हुकाममा सहयोगै सहयोग 
ज्योतिलाख घर्ती मगरको लगानीमा स्वास्थ्य चौकी हुकाममा स्याउ रोप्दै । 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–५ हुकामका ज्योतिलाख घर्ती मगरले हुकामको स्वास्थ्य चौकी रिसल्लाको नाममा स्याउ रोप्नु भएको छ । घर्ती मगरले  स्वास्थ्य चौकी परिसरको खाली जग्गामा आफ्नो लगानीले स्याउ रोप्नु भएको हो । 
७५ वटा खाल्डो खनी उक्त खाल्डोमा स्याउ रोप्नु भएको स्वास्थ्य चौकी रिसल्लाले जनाएको छ । स्वास्थ्य चौकीको नाममा स्याउका विरुवा खरिद, स्याउ रोप्दाको ज्याला, सिंचाइको व्यवस्था गरी २८ हजार रुपैयाँ बराबरको लागत लागेको उहाँले बताउनुभयो । 
उहाँका अनुसार पछि स्याउ फलेपछि स्वास्थ्य चौकीले बिक्री गरी आम्दानीको स्रोत हुने छ । स्याउ रोप्ने काम सम्पन्न भएपछि शुक्रबार स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई घर्ती मगरले हस्तान्तरण गर्नु भएको छ । यस अघि पनि उहाँले हुकामकै देउराली माविलाई खानेपानीको व्यवस्था गरिदिनु भएको छ भने गाउँ नजिकै रहेको खोलामा पनि आरसीसी पुल निर्माण गर्नु भएको छ । 
उहाँले आगामी दिनमा पनि गाउँका निम्ति आफूले सकेको सहयोग गर्ने समेत बताउनु भएको छ । उहाँको गाउँमा निरन्तर सहयोगले बस्ती विकासमा ठूलो योगदान पु¥याउनु भएको स्थानीय प्रदीप घर्ती मगरले बताउनुभयो । गाउँमा उदाहरणीय घर्ती मगरको सहयोगले स्थानीय हर्षित छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update