Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणिमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा विशेषज्ञ डाक्टर सहितको दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । त्रिवेणि ग्राम अस्पतालमा गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय, नेपाली सेनाको नरसिङ दल गण र रेडक्रस सोसाइटीको सयुंक्त आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरमा महिला तथा स्त्रि रोग विशेषज्ञ सहितको डाक्टरको टोलीले विरामीको चेकजाँच तथा उपचार गरेको थियो ।

शिविरमा महिलामा हुने विभिन्न रोगको पहिचान, उपचार तथा परामर्श दिइएको थियो भने अन्य विभिन्न समस्या भएका विरामीको चेकजाँच, उपचार तथा परामर्श भएको गाउँपालिकाका स्वास्थ्य संयोजक विरबहादुर डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविर मार्फत ४ सय ९४ जनाको स्वास्थ्य चेकजाँच, उपचार तथा परामर्श सेवा प्रदान गरिएको छ । 

महिलाहरुमा भएका समस्या समाधान तथा पहिचान र अरु सामान्य रोगको पनि आम रुपमा पहिचान होस् भनेर शिविर आयोजना गरिएको त्रिवेणि गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधकिृत रमेश पुनले बताउनुभयो । शिविरमा आएका सबैको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो भने सबैलाई औषधी पनि निःशुल्क प्रदान गरिएको पुनले जानकारी दिनुभयो ।

शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर केहलविक्रम जिसी, मेडिकल अधिकृत डाक्टर परिक्षित ओली, नेपाली सेनामा कार्यरत डाक्टर नविन तिवारी लगायतको टिमले स्वास्थ्य चेकजाँच, उपचार, परामर्श तथा औषधी प्रदान गरेको थियो । शिविरमा महिला तथा स्त्रि रोग विशेषज्ञ डाक्टर केहलविक्रम जिसी, मेडिकल अधिकृत परिक्षित ओली, नेपाली सेनामा कार्यरत डाक्टर नविन तिवारी लगायतका स्वास्थ्यकर्मीको टोलि खटिएको थियो । शिविरमा भिडियो एक्सरे, प्रयोगशाला लगायतका सेवा प्रदान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update