Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी १ र २ का १ सय ३१ घरमा खानेपानीका धारा जडान हुँदै 
फाइल फाेटाे ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ को बाँदरपानी, बेतखोला र १ नम्बर वडाको दहभागे टोलमा एक घर एक धारा निर्माणको काम जारी छ । गत सालबाट सुरु भएको एक घर एक धारा निर्माणको काम यो वर्ष पनि निरन्तर छ । 

गत वर्ष चिन्छरे टोलमा ४० घरमा धारा निर्माण गरिएको थियो । यो वर्ष वडाको बाँदरपानी, बेतखोला र वडा नम्बर १ को दहभागेमा धारा निर्माणको काम सुरु भएको बाँदरपानी खानेपानी उपभोक्ता समितिका सल्लाहकार संयोजक अन्तबहादुर खड्काले जानकारी  दिनुभयो ।  

उहाँका अनुसार योे आर्थिक वर्षमा गत वर्ष बन्न बाँकी रहेका १ सय ३१ घरमा धारा बन्दैछ । धारा निर्माण र पानी ट्यांकी निर्माणको लागि काम सुरु भइसकोको छ । पानी ट्यांकी निमार्णको लागि बाँदरपानीका स्थानीय राजु खड्काले निःशुल्क रुपमा ३ मिटर लम्वाई र ३ मिटर चौडाई भएको जग्गा उपलब्ध गराउनुभएको छ ।

खड्काले उपलब्ध गराएको जग्गामा ४० घरले प्रयोग गर्न मिल्ने ५०  हजार लिटर क्षमता भएको पानी ट्यांकी निर्माण हुने बताइएको छ । निःशुल्क रुपमा  जग्गा उपलब्ध गराएकोमा खड्कालाई स्थानीयले धन्यावाद समेत व्यक्त गरेका छन् ।
 
गत आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको २६ लाख बजेटबाट ४० वटा घरमा धारा, २ वटा पानी ट्यांकी निर्माण गरिएको थियो । यो आर्थिक वर्षमा पनि कर्णाली प्रदेश सरकारको ४० लाख बजेटमा १ सय ३१ घरमा धारा, २ वटा पानी ट्यांकी  निर्माण हुँदै छन् ।
 
असार मसान्तसम्म सक्ने गरी काम भइरहेको बाँदरपानी खानेपानी उपभोक्ता समितिले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update