Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीका शिक्षकहरुलाई वार्षिक परीक्षा प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला गोष्ठी  

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा वार्षिक परीक्षाको प्रश्नपत्र निर्माण सम्बन्धी आधारभूत तथा माध्यमिक तहका शिक्षकहरुका लागि एक दिने कार्यशाला गोष्ठी संचालन गरिएको छ । पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जन भई आएकोले सो अनुसार उद्देश्य पुरा गर्न र स्तरीकृत प्रश्नपत्र निर्माणमा सहयोग पुगोस भनेर गाउँपालिकाले गोष्ठी संचालन गरेको हो । 

आधारभूत तथा माध्यमिक तहका विषयगत शिक्षकहरुको सहभागिता रहेको कार्यशाला गोष्ठीमा बहुबैकल्पिक वस्तुगत प्रश्नपत्र, छोटा उत्तर आउने प्रश्नपत्र, ज्ञान, बोध र सक्षमतामा आधारीत प्रश्ननपत्र निर्माण र अंकन  सम्वन्धीको विषयमा सिकाइएको शिक्षा शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत ओबिराम रोकाले बताउनुभयो । 

गोष्ठीको त्रिवेणी माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक रामलाल गौतम, साधारन माध्यमिक विद्यालय मुरुडाँडाका विज्ञान शिक्षक मोहोन पुन र बालकल्याण माध्यमिक विद्यालयका गणित शिक्षक विनोद खड्काले सहजिकरण गर्नुभएको थियो । सोमबार त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुको सभाहलमा भएको गोष्ठीको अध्यक्षता त्रिवेणी गाउँपालिका सामाजिक विकास समिति संयोजक रनबहादुर पुनले गर्नुभएको थियो । 

गाउँपालिका अध्यक्ष गनेशकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा अधिकृत ओबिराम रोका, प्राविधिक सहायक सुरेश पुन, स्रोत व्यक्ती नरेन्द्र दाहाल, त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update