Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका कृषकलाई ५० प्रतिशत अनुदानमा धान र मकैको बिउ 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले ५० प्रतिशत अनदानुमा मकै र धानको बिउ वितरण गर्नेभएको छ । नगरको कृषि विकास शाखाले एक सूचना जारी  गर्दै नगरपालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मकैै र धानको बिउ वितरण गर्ने जानकारी गराएको हो । नगरपालिकाले बिउका लागि माग पेश गर्न कृषकहरुलाई आग्रह गरेको छ । 

चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुसार कृषकलाई ५० प्रतिशन अनुदानमा उन्नत बिउ वितरण गर्न लागिएको मुसिकोट नगरपालिका कृषि शाखाका प्राविधिक सहायक यज्ञबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका भित्रका कृषक समूह, कृषि फर्म, सहकारीले फागुन २४ गतेसम्म अनुदानमा मकै र धानको बिउ माग गर्न सक्ने छन् । 

बिउका लागि नगर कृषि शाखामा निवेदन दिन सकिने छ । कृषकलाई मकै र धान को बिउ ५० प्रतिशत अनुदानमा वितरणका लागि नगरपालिकाले ८ लाख रकम विनियोजन गरेको छ । नगरपालिकाले वर्षेनी अनुदानमा बिउ उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update