Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट नगरपालिकाद्धारा ३२ जना सहिद परिवारलाई सम्मान

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सहिद सप्ताहको अवसरमा ३२ जना सहिद परिवारका सदस्यलाई सम्मान गरेको छ । नगरपालिकाले मगंलबार एक कार्यक्रमका विच पालिका भित्रका सहिद परिवारका ३२ जना सदस्यहरुलाई सम्मान गरेको हो । सहिद सप्ताहको अवसरमा सहिद परिवारका सदस्यलाई सम्मान गरेको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रत्यकलाई प्रमाणपत्र, खादा सहित एक एक वटा कासको थालीले सम्मान गरिएको हो । सहिद प्रति श्रदा सुमन व्यक्त गर्दै सहिदहरुले देखाएको बाटोमा विचलित नभई अगाडि बढ्ने पनि नगर प्रमुख केसीले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

सहिदका परिवारलाई सम्मान कार्यक्रममा कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले सहिदले देखाएको बाटोमा हिड्नुपर्ने बताउनुभयो । सहिदको बलिदानीले अहिलेको अवस्था आएकोले कसैले पनि सहिदको योगदानलाई भुल्न नहुनेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा सहिद परिवार समाजका केन्द्रीय सदस्य देविलाल गौतम, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य गंगाराम चनारा, जनक बटाला र नेपाली कांग्रेसका जिल्ला सचिव तारकबहादुर शाही लगायत सहिद परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update