Kakhara सबैको खबर सम्पूर्ण खबर
आलोचना पछि सम्झौता रद्ध 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एक नीजि वर्कशपलाई पैसा दिन लागेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि नगरपालिकाले नगरको एक वर्कशपसंग गरेको सम्झौता रद्ध गरेको छ । 

नगरपालिकाका सवारी साधान मर्मत सम्भारका लागि लागत साझेदारीमा आर.एम.इन्जिनियरिङ अटो मोवाइल वर्कशप एण्ड सल्लायर्स आठबीसकोट नगरपालिका ११ संग भएको सम्झौता कार्यान्वयन नगर्ने नगरपालिकाले आज एक विज्ञप्ती जारी गरेर जानकारी गराएको छ । 

नगर कार्यपालिकाको निर्णय र नगरपालिकाको सार्वजनिक साझेदारी ऐन २०७५ अनुसार नगरका सवारी साधन मर्मतसम्भारका लागि मेशिन खरिद र भौतिक पूर्वाधार निर्माण गर्न लागत साझेदारीमा उक्त वर्कशपसंग सम्झौता गरेको नगरपालिकाले स्पस्ट पारेको छ । 

नियमसंगत नै सम्झौता भएपनि यस विषयलाई लिएर विभिन्न नकारात्मक टिप्पनीहरु हुन थालेपछि यसलाई ध्यानमा राख्दै उक्त वर्कशपसंगको साझेदारीको निर्णय कार्यान्वयन नगरिने नगर प्रमुख रवि केसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

नगर प्रमुखले आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट छुट्याएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । त्यसकै कारण नगरपालिकाले आज विज्ञप्ती जारी गरेर सम्झौता रद्ध गरेको जानकारी गराएको हो ।

333742295_613364033952520_8092609313548377864_n1677894845.jpg

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update