पिपल काडाँ देखि स्वाँरा भाटी जोड्ने सडक निर्माण सुरु
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ पिपल काडाँदेखि मेलगैरी हुँदै स्वाँरा भाटी जोड्ने सडक निर्माणको काम सुरु भएको छ । शनिबार देखि उक्त सडक खण्ड निर्माणको काम सुरु भएको हो ।
माघ महिनामा सडक निर्माणको सम्झौता गरिएकोमा शनिबार देखि निर्माणको काम सुरु भएको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । सडक निर्माणको जिम्मा मालिका बस्नेत निर्माण कम्पनीले लिएको छ ।
सडक निर्माणको लागि संघ र बाँफिकोट गाउँपालिकाबाट समान ९८ लाख ६ हजार गरेर १ करोड ९६ लाख १२ हजार बजेट विनियोजन गरिएको छ । विनियोजित मध्य ७७ लाख बजेटमा सडक निर्माण गर्न ठेकेदार कम्पनीले जिम्मा पाएको बताइएको छ ।
सडक निर्माणको काम सक्न बैशाख मसान्तसम्मको समय रहेको अध्यक्ष केसीले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९ १६:५२
प्रतिक्रिया दिनुहोस्