रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको सरस्वती माविलाई इ–पुस्तकालयका लागि कम्प्युटर सहयोग प्राप्त भएको छ । कुमारी बैंकले विद्यालयमा इ–पुस्तकालयका लागि ५ वटा कम्प्युटर सहयोग गरेको हो ।
अफलाइन हेर्न, पढ्न मिल्ने गरी कक्षा १–१० सम्मका सामग्री सेट गरिएका कम्प्युटर प्राप्त भएको विद्यालयले जनाएको छ । बैंकको सामाजिक उत्तरदायित्व सम्बन्धी संचालित इ–पुस्तकालय व्यवस्थापन कार्यक्रम अन्तर्गत विद्यालयलाई कम्प्युटर सहयोग गरिएको कुमारी बैंकले जनाएको छ ।
शनिबार कार्यक्रमको आयोजना गरी विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको हो । यसका लागि रुपान्तर नेपालले समन्वय गरेको बताइएको छ । विद्यालयलाई इ–पुस्तकालयका लागि कम्प्युटर उपलब्ध भएपछि अव विद्यार्थीहले थप शिक्षा हाँसिल गर्नका लागि सहयोग पुग्ने विद्यालयका प्रध्यानाध्यापक खम्बुसिंह थापाले विश्वास गर्नुभयो ।
कम्प्युटरका माध्यमबाट विभिन्न सामग्रीहरु पढ्न पाएपछि विद्यार्थीले सजिलै बुझ्ने र कम्युटर चलाउन पनि जान्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।