रानीकोटको सामुदायिक वनबाट २ थान भरुवा बन्दुक बरामद
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले भरुवा बन्दुक बरामद गरेको छ । आज सिस्ने गाउँपालिका वडा नम्बर ५ रानीकोट सामुदायिक वनबाट प्रहरीले २ थान भरुवा बन्दुक बरामद गरेको हो ।
अवैध रुपमा बन्दुक लुकाएर राखेको विशेष सूचनाका आधारमा खोजतलासी गर्दा २ थान बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बन्दुक कसले जङ्गलमा राख्यो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरी भनाई छ ।
केही समय अघि पनि मुसिकोट नगरपालिका ८ घोरखानी किटिनीको जंगलबाट बेवारिसे अवस्थामा रहेका ४ थान भरुवा बन्दुक फेला परेका थिए । त्यस्तै रुकुम पूर्व प्रहरीले पनि जिल्लाको भूमे–३ तुनबाङ खोलाको जङ्गलबाट ६ नाल भरुवा बन्दुक बरामद गरेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९ १७:४२
प्रतिक्रिया दिनुहोस्