Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेरास्ववियू क्रान्तिकारी त्रिवेणीको अध्यक्षमा दिपेन्द्र ओली 

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको तेस्रो सम्मेलन सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुको सहिद प्रतिष्ठानको सभाहल सिम्रुतुमा भएको सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको छ । 

सम्मेलनले दिपेन्द्र ओलीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकोे अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार संगठनको उपाध्यक्ष हेमन्त ओली, रमा खड्का, सचिव प्रेमा शेर्पाली, सह सचिव लक्ष्मी खड्का, विमला खड्का र काषाध्यक्षमा डण्डबिर कठायतलाई चयन गरिएको छ । 

सम्मेलनमा संगठनका केन्द्रीय सचिवालय सदस्य शुशिल विष्टको प्रमुख र पार्टीका कर्णाली प्रदेश समिति सदस्य मोहनकिशोर ओलीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्का, वरिष्ठ उपाध्यक्ष सुन्दर ओली, संगठनका जिल्ला अध्यक्ष नारायण केसी, सह सचिव भिमदत्त बुढाथोकी, निर्मला बुढाथोकी लगायतको उपस्थित रहेको थियो । 

प्रेमा शेर्पालीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन डण्डबिर कठायतले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update