Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा पुनः भरुवा बन्दुक बरामद 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले आज भूमे गाउँपालिका वडा नम्बर ३ स्थित कागती खोलाको जङ्गलबाट बन्दुक बरामत गरेको हो । अवैध रुपमा बन्दुक लुकाएर राखेको विशेष सूचनाका आधारमा खोज तलासी गर्दा ३ थान बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । 

बन्दुक कसले जङ्गलमा राख्यो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरी भनाई छ । पछिल्लो समय जिल्लामा निरन्तर बन्दुक फेला परिरहेका छन् । गएको आईतबार पनि सिस्ने गाउँपालिका वडा नम्बर ५ को रानीकोटको सामुदायिक वनबाट प्रहरी दुई थान भरुवा बन्दुक बरामत गरेको थियो ।

त्यसअघि प्रहरीले भूमे गाउँपालिकाबाट पनि भरुवा बन्दुक बरामद गरेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update