Kakhara सबैको खबर सम्पूर्ण खबर
मिनाको उपचारका लागि सहयोग संकलन
देश तथा विदेशबाट संकलन भएको सहयोग रकम मिनालाई हस्तान्तरण गरिदैं ।

सल्यान दार्मा गाउँपालिका वडा नं. ५ भालुखोलाकी मिना ओली खड्काको उपचारका लागि सहयोग संकलन भएको छ । ढाढ भाचिएर १६ महिना देखि थलिएकी मिनाको उपचारका लागि संकलन भएको करिब साढे दुई लाख रुपैंया हस्तान्तरण गरिएको छ । देश तथा विदेशबाट संकलन भएको २ लाख २७ हजार ६ सय ८ रुपैंया मिनालाई हस्तान्तरण गरिएको हो । बिरामिको अवस्था बारे रुकुमका सञ्चारकर्मी गोपाल ओलीले भिडिओ बनाएर आफ्नो युट्युव च्यानल जि.एस. नेपालमा राखेपछि उक्त भिडिओ हेरेर देश तथा विदेशबाट सहयोग संकलन भएको ओलीले बताउनुभयो । भिडिओ हेरेर विभिन्न व्यक्तिहरुले सहयोग संकलन अभियाननै संचालन गरेर सहयोग संकलन गरेको र आफु मार्फत आएको सहयोग रकम मिनालाई हस्तान्तरण गरेको उहाँको भनाई छ ।

अतिराम ओली, भक्तबहादुर ओली, यज्ञबहादुर ओली, नविन्द्र पौडेल, महेश रसाइली, चन्द्र प्रकाश केसी, नरेश खड्का, रामकृष्ण शर्मा लगायतले विभिन्न ठाउँमा रहेर सहयोग संकलन अभियान संचालन गर्नुभएको थियो । यसरी संकलन भएको रकम रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष मोहन ओली, त्रिवेणि गाउँपालिका अस्पतालका इन्चार्ज कृष्णबहादुर ओली, पहलबहादुर गिरी, जि.एस. नेपालका संचालक गोपाल ओली लगायतले एक औपचारिक कार्यक्रमका विच मिनालाई हस्तान्तरण गरिएको हो ।

सहयोग रकम ग्रहण गरेपछि मिनाले यो सहयोगलाई कहिले पनि नभुल्ने र यसले आफ्नो उपचारमा ठुलो सहयोग पुग्ने भन्दै खुशि व्यक्त गर्नुभयो । साथै उहाँले आफ्नो उपचारमा अझै सहयोग गर्न सबैलाई आग्रह पनि गर्नुभएको छ । आफुहरुसंग आर्थिक अभाव रहेको र उपचारमा समस्या भइरहेको उहाँले बताउनुभयो । आर्थिक अभावकै कारण उहाँको उपचार हुन सकेको छैन् । आर्थिक अभावका कारण काठमाडौंबाट फर्काएर ल्याउनु परेको उहाँको परिवारले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update