Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगाकाे पिटि गित ‘हामी विधार्थी हौं’ काे भिडिओ सार्वजनिक (भिडिओ सहित)

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको विद्यालय पिटि प्राथना गित सार्वजनिक भएको छ । एक महिना अघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरेको गित नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । पुथाउत्तरगंगा गाउँपालिका र सामाजिक मावि रोल्पाको आर्थिक लगानीमा पिटि प्राथना म्युजिक भिडिओ राष्ट्रिय गित ‘हामी विधार्थी हौं’ निर्माण भएको हो ।

उक्त भिडिओको छायांकन पुथाउत्तरगङा गाउँ पालिकाको पर्यटकीय स्थल पुथा हिमालय मावि मैकोटमा गरिएको हो । पिटि प्राथना गित नितान्त शैक्षिक पक्षसंग जोडिएको हुँदा विधार्थीको सिकाई क्षमता वृद्धि गर्न र विधार्थीहरुको मनोबैज्ञानिक पक्षलाई सकारात्मक तिर लगि सिकाई प्रति उत्प्रेरित गर्ने विश्वास गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताउनुभयो । त्यस्तै विधार्थीलाई प्राथना गितले मनोरञ्जन दिई घरका सबै नकारात्मक पक्षलाई त्यागेर दिनभरको सिकाइमा सहजिकरण गर्ने अपेक्षा समेत गरिएको उहाँको भनाई छ । 

उक्त पिटि प्राथना गित नेपालका सबै सामुदायिक तथा शैक्षिक संस्थाहरुमा कार्यान्वयन होस भन्ने मुख्य उद्देश्यले प्रधानमन्त्रीबाट नै विमोचन गरि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सार्वजनिक गरिएको खड्काले बताउनुभयो । 

यो गित गायक हेमन्त शिशिर र गायिका सन्ध्या आचार्यले गाउनुभएको हो । संगित राजेन्द्र खड्काको हो भने शब्द शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले लेख्नुभएको हो । भिडिओमा हिमालय मावि मैकोटका विद्यार्थीलाई देख्न सकिन्छ । यस गितका परिकल्पना खगेन्द्र खड्काले गर्नुभएको हो । 

भिडिओ हेर्नुहाेस:

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update