रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा जारी रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव आज चौंथो दिन पनि जारी रहने छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखिरहेका छन् । आज चौंथो दिन लोक दोहारी गायिका टीका सानु र गायक मानसिंह खड्का आउने महोत्सव संयोजक डिल्ली परियारले जानकारी दिनुभयो ।
उनिहरुका साथै महोत्सवमा विभिन्न स्थानीय कलाकारहरुले पनि प्रस्तुति राख्ने छन । महोत्सवमा साँस्कृतिक कार्यक्रम सहित व्यापार व्यवसायपनि संचालन भइरहेको छ । महोत्सव स्थलमा करिब १ सय वटा व्यापारिक स्टलहरु रहेको आयोजकले जनाएको छ ।
“रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह–आयोजनामा महोत्सव आयोजना गरिएको हो ।
महोत्सव चैत्र ७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।