रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको बराहटाकुरामा जारी महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखिरहेका छन् । महोत्सवमा मंगलबार भोली लोक तथा दोहोरी गायिका एवं मोडेल ज्योती मगर आउने आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो ।
महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारहरु आउने क्रममा पाँचौं दिन मंगलबार ज्योती मगर आउने परियारले बताउनुभयो । ज्योती संगै अन्य कलाकारहरुले पनि प्रस्तुति राख्ने उहाँको भनाई छ । महोत्सवमा सोमबार लोक दोहोरी गायिका टीका सानु, लोक दोहारी गायक मानसिंह खड्का लगायतका कलाकारहरुले प्रस्तुति राखेका छन् । सोमबार महोत्सवको चौंथो दिन हो ।
महोत्सवमा ख्याती प्राप्त कलाकारहरुले ल्याउने प्रयास भइरहेको आयोजकले जनाएको छ । आयोजकले महोत्सवमा कलाकार पल शाहलाई पनि ल्याउने जनाएको छ । मिति भने निश्चित हुन बाँकी रहेको संयोजक परियारको भनाई छ । त्यस्तै एलिना चौहान लगायतका कलाकारहरु पनि महोत्सवमा आउने उहाँले बताउनुभयो । महोत्सव चैत्र ७ गतेसम्म संचालन हुने छ ।
“रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला संस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह–आयोजनामा महोत्सव आयोजना गरिएको हो ।