Kakhara सबैको खबर सम्पूर्ण खबर
रोजगार कार्यक्रम सुरु भएन
फाइल फोटो ।

रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नंम्बर ८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको काम अझै सुरु भएको छैन । चालु आर्थिक वर्ष २०७७/७८ को  प्रधानमन्त्री रोजगार कार्यक्रमको काम सुरु नभएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत वडामा ७ लाख ७५ हजार रुपैयाँ आएको थियो । उक्त रकमबाट वडाको औलावाङ बैसापानी कुनाखेत पुल सम्मको ३ किलोमिटर बाटो मर्मतका लागि ३ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै ३ विद्यालय मावि लम्पाकोट, आधारभूत विद्यालय झिमखोला र आधारभूत विद्यालय भुरुङ्गालाई फिल्ड मर्मत शौचालय मर्मत र खानेपानी धारा मर्मतको लागी १/१ लाख रुपैयाँ विनियोजन गरिएको छ  । १ घर बराबर १ सय दिन काम गर्ने गरी वडा कार्यालयले बेरोजगार फाराम भरिदिएको थियो । वडामा फाराम भरेको ९ महिना भैसक्दा पनी वडामा काम सुरु हुन सकेको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वडाका २ सय ६० घर परिवारले फाराम भरेका थिए ।

फाराम  भरेका मध्य १५ घर परिवारलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगार दिने गरी छनोट गरिएको थियो । वडाले वडाका न्युन स्तरका अति बिपन्न   घर परिवालाई  छनोट गरेको वडा कार्यालयले जानकारी दिएको छ । आगामी वर्ष २०७८/७९ को लागी वडामा नयाँ फाराम खुलिसक्दा पनी पुरानो योजनाको काम नगरेको भन्दै छनोटमा परेका घर परिवारले गुनासो गरेका छन ।

कामको बारेमा पटक पटक जानकारी गराउँदा पनी वडा कार्यालय कामको समय सार्दै पन्छिदै गरेको उनिहरुकलो गुनासो छ । सिस्ने गाउँपालिका वडा नंम्बर ८ का वडा अध्यक्ष खर्कसिङ थापाले भने   औलावाङ बैसापानी कुनाखेत पुलसम्मको गोरेटो बाटो मर्मत उपभोक्ता समितिका अध्यक्ष पदबाट राजीनाम दिए पछी अहिले सम्म काम सुरु नभएको जानकारी दिनु भएको छ । अध्यक्ष थापाले अबको  केही दिन भित्रै प्रधानमन्त्री रोजगार कार्यक्रमको काम सुरु गर्ने बताउनुभयो ।

 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update