Kakhara सबैको खबर सम्पूर्ण खबर
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)

चर्चित मोडल तथा नायक पल शाहको स्वागतका लागि रुकुममा पश्चिममा आज मानव ‘सागर’ उर्लिएको छ । जेलबाट मुक्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि हुन हेलिकाेप्टर मार्फत रुकुम पुगेका पल शाहलाई हेर्नका लागि हजारौं दर्शकहरु सदरमुकाम खलंगाको बराहटाकुरामा पुगेका थिए । पल पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि हुनका लागि सदरमुकाम मुसिकोट खलंगामा आयोजित साँस्कृतिक तथा व्यापारिक महोत्सवमा पुग्नुभएको थियो ।

IMG_54761678885518.jpg

पल आउने थाहा पाएपछि बिहानै देखि गाउँ गाउँबाट मानिसहरु मुसिकोटमा जम्मा भएका थिए । सामान्य दिनको भन्दा दोब्बर प्रवेश शुल्क राखिएपनि दर्शकले बराहटाकुरा खचाखच भरिएको थियो । महोत्सवमा पुगेका पललाई हजारौं दर्शकहरुले भव्य स्वागत गरेका थिए । केही भनाई राखेपनि पलले महोत्सवमा कुनै प्रस्तुति भने राख्नुभएन । आफु केही समयपछि नियमित काममा फर्किने बताउँदै पलले पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि हुन पाउँदा खुसी लागेको बताउनुभयो ।

IMG_54331678885581.JPG

जेलमा रहँदा आफुले थप हजारौं सुवेच्छुकहरु कमाएको उहाँको भनाई थियो । मैले जेलमा रहदा हजारौं आमाहरु कमाए, हजारौं बुवाहरु पाए, हजारौं दाजु भाइ दिदी बहिनीहरु थपिए, आज खुला कार्यक्रममा आउँदा धेरै खुसी छु उहाँले भन्नुभयो । जेललाई आफुले विश्वविद्यालयको रुपमा लिएको उहाँले बताउनुभयो । ‘जेलमा ठूलो ज्ञान आर्जन गरे, विभिन्न अनुभवहरु भए, जेल त विश्वविद्यालय रैछ उहाँले भन्नुभयो ।’ आज महोत्सवमा करिब ५ हजार बढी दर्शकहरु आएको आयोजकले जनाएको छ ।

IMG_54171678885580.JPG

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update