Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रिय तेक्वान्दोमा कर्णाली प्रदेशलाई ६ पदक
कर्णाली प्रदेशका खेलाडि र प्रशिक्षक ।

सुनसरीको इटहरीमा आयोजित राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा कर्णाली प्रदेशले ६ पदक हात पारेको छ । फागुन २८ र २९ गते संचालन भएको प्रतियोगितामा १ स्वर्ण, २ रजत र ३ कास्य गरी कर्णालीले ६ पदक जितेको हो । ४७–५१ केजि मुनि सुमिक्षा सुनारले स्वर्ण जित्नुभयो । त्यस्तै अस्मिता थापाले ४५–४७ केजि मुनि र केटा तर्फ प्रेम भुषालले ४०–४५ केजि मुनि तौल समुहमा रजत पदक हात पार्नुभयो ।

३५–४० केजि मुनि रुकुम पश्चिमकी सबिना शाही, ४०–४५ केजि मुनि दिपिका चौधरी र १८ वर्ष माथिको पुङसेमा गणेश सलामिले तेस्रो हुदै कास्य पदक जितेको कर्णाली प्रदेशका प्रशिक्षक नरेश पुनमगरले जानकारी दिनुभयो । राष्ट्रिय तेक्वान्दो संघ र जिल्ला तेक्वान्दो संघ सुनसरीले संयुक्त रुपमा आयोजना गरिएको प्रतियोगितामा ७ वटा प्रदेश, एक विद्यालय खेलुक महासंघ र आयोजक गरी ९ वटा टिमका खेलाडिहरुले प्रतिस्पर्धा गरेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update