Kakhara सबैको खबर सम्पूर्ण खबर
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु

रुकुम पश्चिमका तीन क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । रुकुमेली क्याम्पस मुसिकोट, जहारी क्याम्पस खोलागाउँ र राडी जिउला शिक्षा क्याम्पस आठबीसकोटमा प्रत्यक्ष र समानुपातिक तर्फ मतदान भएको हो । त्रिवि अन्तर्गतका कुल ७ क्याम्पस मध्य अन्यमा भने समानुपातिक निर्वाचन प्रणाली तर्फ मात्र मतदान भएको छ । प्रत्यक्ष तर्फ ४ क्याम्पसमा यसअघि नै सर्वसम्मत भइसकेको छ ।

रुकुममेली क्याम्पसमा १ सय ७२ मत खसेको छ । राडीजिउला शिक्षा क्याम्पसमा १ सय ६८ र जहारी क्याम्पस खोलागाउँमा १ सय ६५ मत खसेको छ । मत गणना समेत सुरु भइसकेको । प्रारम्भिक जानकारी अनुसार रुकुमेली क्याम्पसमा अनेरास्ववियू समाजवादी र राडीजिउला शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारीले अग्रता बनाएका छन् । जहारी क्याम्पसको जानकारी आइसकेको छैन् । 

त्यसैविच सिम्रुतु क्याम्पसमा समानुपातिक तर्फ मतदान भएकामा मतगणना सम्पन्न भएको छ । कुल ६० मत खसेकामा अखिल क्रान्तिकारीले ४६ मत, नेविसंघले ८ मत र अनेरास्ववियुले ६ मत पाएको छ । जसअनुसार अखिल क्रान्तिकारीले उपाध्यक्ष र सह सचिव सहित ३ सदस्य पाएको छ भने नेविसंघ र अनेरास्ववियुले १/१ सदस्य पाएका छन् ।


 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update