रुकुम जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा अधिवक्ता रत्नबहादुर खड्का निर्वाचित हुनुभएको छ । खड्का सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । फागुन २६ गते सुरु भएको जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको हो ।लगातरको छलफलपछि मात्र नेतृत्वमा सहमति जुटेको हो । अधिवेशन अन्तर्गत आइतबारको तेस्रो बैठकले नेतृत्वको टुंगो लगाएको हो । मुख्य गरी अध्यक्षमा पेचिलो भएको थियो । अध्यक्षमा खड्का र रचना मल्लको दाबेदारी थियो ।
उपाध्यक्षमा ललितबहादुर बुढा मगर, सचिवमा रचना मल्ल र कोषाध्यक्षमा टेकबहादुर खड्का निर्वाचित हुनुभएको छ । सदस्यहरूमा गणेश हमाल, रमा गौतम, एक्कबहादुर पाण्डे, ठगेन्द्रप्रकाश पुरी, मनिषा रोकाय, दिनेश खडका र केन्द्रीय पार्षदमा भुवनेश्वर उपाध्याय सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ । यसअघि बारको जिल्ला अध्यक्ष गणेश हमाल रहनुभएको थियो ।